
युवापुस्ता र फिल्म तथा म्युजिक भिडियो शुटिङ्गलाई केन्द्रित गरेर क्रिस्टल वयेर्स सञ्चालनमा आएको छ । क्रिस्टल इन्टरटेनमेन्ट प्रालिले करिब ११ लाखको लगानीमा क्रिस्टल वयेर्स सञ्चालनमा ल्याएको हो ।
शुक्रबारबाट पोखराको निभा गल्लीमा सञ्चालनमा आएको पसलमा नेपालमा नै उत्पादित विभिन्न डिजाईनका कपडा पाइनेछन।
नेपालमै आफैंले उत्पादन गर्ने भएकाले सुफत मूल्यमा कपडाको बिक्री वितरण हुने सञ्चालकमध्येका एक गोविन्द बास्तोलाले बताए । विषेश गरेर ३० वर्ष उमेरसम्मका महिलाालई केन्द्रित गरेर उक्त पसल सञ्चालनमा ल्याइएको बास्तोलाले जानकारी दिए ।