Headline Title onlyविजनेशविजनेश न्युज

अब ५ सय डलर सम्मका बिदेशी बस्तु खरिद गर्न बैंकबाट कार्ड पाइने

अब नेपालमा अनलाइनबाट विदेशी बस्तु तथा सेवा खरिद गर्न स्वदेशका बैंकहरुमार्फत नै प्रिपेड कार्ड पाइने भएको छ। वार्षिक ५ सय अमेरिकी डलरसम्म मात्र खर्च गर्न पाउनेगरी स्वदेशका बैंकहरुमार्फत नै राष्ट्र बैंकले प्रिपेड कार्डको सेवा दिन लागेको हो।

यसअघि वैधानिक रुपमा नेपालबाट भुक्तानी गर्न नमिल्ने भएका कारण विदेशी कार्डमार्फत मात्रै बस्तु तथा सेवा खरिदकाे भुक्तानी हुँदै आएको थियो।

राष्ट्र बैंकले वाणिज्य बैंकहरु र विकास बैंकहरुलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अख्तियारी दिइएको छ।

परिवर्त्य बिदेशी मुद्राको प्रीपेड कार्ड लिन चाहाने ब्यक्ती फर्म कम्पनी वा संस्थाले नेपाली मुद्रालाई बिदेशी मुद्रामा परिवर्तन गरी त्यो कार्ड लिन सक्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो कार्ड प्राप्त गर्नका लागि सम्वन्धित प्रयोगकर्ताले आफ्नो केवाई सी ‘ग्राहक पहिचा बिवरण ’ आवधिक गर्ने र स्थायीलेखा नम्बर प्यान अनिवार्य रुपमा लिएको हुनुपर्नेछ ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close