ग्लोबलविजनेशविजनेश न्युजशिक्षा

शेष घलेले एमआइटी अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई दश लाख डलर सहयोग गर्ने

नेपाली मुलका अष्ट्रेलियन व्यवसायी शेष घलेले लामो मौनतापछि मुख खोल्दै कोरोनाबाट प्रभावित मेलवर्न इन्सिच्युट अफ टेक्नोलोजी (एमआइटी)मा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि १० लाख डलरको सहयोग कोष घोषणा गरेका छन्।

सिड्नी र मेलवर्नको एमआइटीमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उनले सो कोषको घोषणा गरेका हुन्। यो कोषको रकम घलेको एमआइटी कलेजमा पढ्ने नेपाली लगायत सम्पुर्ण विदेशी विद्यार्थीका लागि राहतस्वरुप उपलव्ध हुनेछ।

करिब चार हजार विद्यार्थी घलेको एमआइटीमा अध्ययनरत छन्। फेडरेसन विश्वविद्यालयअन्तर्गत अध्यापन हुने एमआइटीमा कम्तीमा पाँच सय नेपाली विद्यार्थी रहेको अनुमान छ।

कोरोनाका कारण काम गुमाएका विद्यार्थी र आर्थिक समस्याको मारमा रहेकालाई पाँच सय डलरसम्मको सहयोग गरिने एमआइटीले आफ्नो वेभसाइटमार्फत जनााएको छ।

स्मरण रहोस् यसअघि पहिलो पटक एक्सपर्ट एजुकेशनले नेपाली विद्यार्थीलाई दुई लाख डलरको राहत कोष घोषणा गरेको थियो।

अष्ट्रेलियाका एक सय धनी उद्योगीमध्ये घले कलेज र रियलस्टेटमा कहलिएका व्यवसायी हुन्।

सम्बन्धित खबर

Close