Headlines with imageबलिउड/हलिउडमनोरन्जनमनोरन्जन समाचार

कोरोना क्राईसेस : बालबालिकाका लागि एन्जिलिनाको १२ करोड सहयोग

विश्वमा २०० देश कोरोनाको चपेटामा परेका छन् । संक्रमित हरेक देशमा सरकारले यसबाट आफ्नो देशका जनतालाई धेरै क्षति नहोस् भन्ने तयारीमा जुटिरहेका छन् ।

हरेक देशलाई उनका देशका सेलिब्रेटीहरूले पनि साथ दिँदै छन् । जसमा हालै चर्चित हलिउड अभिनेत्री एन्जिलिना जोलीको नाम पनि आएको छ । उनले गरिब बालबालिकाको सहयोगार्थ एक एनजिओलाई एक मिलियन डलर अर्थात् १२ करोड ११ लाख २४ हजार सहयोग गरेकी छिन् ।

खबरका अनुसार जोलीले ‘नो किड हंग्री’ नामक संस्थालाई उक्त सहयोग प्रदान गरेकी हुन् । जसले स्कुलमा दिइने पोषणयुक्त खानेकुरामा निर्भर रहेका बालबालिकाका लागि काम गरिरहेको छ ।

जोलीले भनेकी छिन, “यो रकम स्कुलमा खुवाइने पोषणयुक्त भोजनमा मात्रै निर्भर रहेका बालबालिकाको पोषणयुक्त भोजनमा नै खर्च गरियोस् ।” एन्जिलिनाका साथै रिहाना, शन मेन्डिज, रायन रेनल्ड्स र ब्लेक लाइभलीजस्ता चर्चित हलिउड कलाकारहरूले पनि महामारीको मारमा परेकाहरूको स्वास्थ्यका लागि सहयोग गरिसकेका छन् ।

(नवभारत टाइम्स)

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close