Headlines with imageबलिउड/हलिउडमनोरन्जन

‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यानको निधन

हलिउड अभिनेता चाडविक बोसम्यानको ४३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

सन् २०१८ मा रिलिज भएको हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’का सुपरहिरो बोसम्यानको लस एन्जल्सस्थित निवासमा मृत्यु भएको हो। उनलाई पेटको क्यानसर थियो।

चार वर्ष अगाडि क्यान्सर भएको पत्ता लागेको भएपनि उनले आफ्नो स्वास्थ्यस्थितिलाई सार्वजनिक गरेका थिएनन्।

साउथ क्यारोलिना राज्यमा जन्मिएका बोसम्यानले हावर्ड विश्वविद्यालयबाट स्नातक गरेपछि अभिनययात्रा सुरू गरेका थिए।

टेलिभिजनमा सानोतिनो भूमिकामा अभिनय गरेर करियरको सुरुवात गरेका उनले फिल्ममा सन् २००८ मा ‘द एक्सप्रेसः द अर्नी डेभिस स्टोरी’बाट डेब्यू गरेका थिए।

उनले सन् २०१३ मा रिलिज भएको अमेरिकी बास्केट बल खेलाडी ज्याकी रोबिन्सनको जीवनीमा आधारित फिल्म ‘४२’ बाट चर्चा कमाएका थिए जसले उनलाई हलिवुडमा स्थापित गराएको थियो।

उनले अभिनय गरेको ‘ब्ल्याक प्यान्थर’का साथै मार्भलका फिल्महरु निकै नै लोकप्रिय भएका थिए ।

उनको निधनमा हलिउड र बलिउडका कलाकारले दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close