Headlines with imageबलिउड/हलिउडमनोरन्जन

ट्विटरमा ह्यासट्याग बोयकटकरिनाकपुरखान ट्रेन्डमा

बलिवुडकी चर्चित अभिनेत्री करिना कपुर खान विवादमा तानिएकी छिन। पछिल्लो समय सामाजिक संजाल ट्विटरमा ‘करिना बहिष्कार’ अभियान अन्तरगत ह्यासट्याग बोयकटकरिनाकपुरखान ट्रेन्डमा छ।

आखिर, किन करिनालाई बहिष्कार गर्ने ट्रेन्ड ट्विटर चल्यो त भन्ने प्रश्नको पछाडी जोडिएको छ रामायणमा आधारित रहेर बन्न लागेको फिल्म ‘सीता – द इनकार्नेशन’।

केहि समय पहिले रामायणमा आधारित रहेर आलौकिक देसाइले निर्माण गर्न लागेको एपिक ड्रामा फिल्म ‘सीता – द इनकार्नेशन’ मा ‘सीता’को भूमिकाका लागि फिल्म निर्माण टोलीले अभिनेत्री करिना कपुर खानलाई रोल अफर गरिएको खबर बाहिएको थियो ।

बलिवुड हंगामाका अनुसार करिनाले ‘सीता’को रोल गर्नको लागि १२ करोड भारु पारिश्रमिक मागेकी थिईन। सामान्यतया ६ देखि ८ करोड सम्म पारिश्रमिक लिने करिनाले ‘सीता’को लागि १२ करोड मागेकी थिईन ।

यो खबर सार्वजनिक भएसँगै ‘बलिवुड बेबो’ करिना सामाजिक सञ्जाल ट्विटरमा निसानामा परेकी छिन।

यसबारे निर्माण टिम र करिनाको तर्फबाट कुनै आधिकारिक कुरा बाहिर नआए पनि ट्विटरमा अहिले करिनालाई बहिष्कारको ट्रेन्ड चलेको छ ।

ट्विटर प्रयोगकर्ताहरुले तैमुरकी आमा, सेफ अलि खानकी श्रीमती, सीताको भूमिकामा योग्य नहुने बताइरहेका छन् । सीताको नभई करिनाले शुर्पणखाको भूमिका निभाउनुपर्ने उनीहरुको भनाइ छ । यस्तै, केही प्रयोगकर्ताहरुले सीताको भूमिकाका हिन्दु धर्ममा आस्था राख्ने अभीनेत्री कंगना रनौतको नाम सुझाएका छन् ।

बाहुबलीका लेखक के.वी. विजयेन्द्र प्रसादले ‘सीता – द इनकार्नेशन’को कथा लेख्नेछन। फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड रिलीज भाषामा रिजिक हुनेछ।

सम्बन्धित खबर

Close