बलिउड/हलिउडमनोरन्जन

ऐश्वर्या र आराध्यामा पनि देखियो कोरोना संक्रमण

चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राया बच्चन र उनकी छोरी आराध्यामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि उनका ससुरा बहु-चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र श्रीमान अभिनेता अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनीहरुको पनि कोरोना परीक्षण गरिएको थियो । पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या र अभिनेत्री जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।

तर, दोश्रो पटक गरिएको परीक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । हाल होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।

आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुवैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नायक अभिषेक बच्चनले यो परिस्थितिमा नआत्तिन सबैसँग अपिल गरेका छन् ।

सम्बन्धित खबर

Close