Headline Title onlyबलिउड/हलिउडमनोरन्जन

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

बलिउडकी चर्चित कोरियोग्राफर (नृत्य निर्देशक) सरोज खानको ७१ वर्ष उमेरमा बिहीबार राति निधन भएको छ।

उनको निधन संगै अहिले पुरै बलिउड शोकमा डुबेको छ।

हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो।

जुन १७ मा सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।

आफ्नो करियरमा धेरै प्रख्यात गीतहरूमा कोरियोग्राफी गरिसकेका सरोज खानको जन्म सन १९४८ नोभेम्बर २२ मा भएको थियो।

बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले २ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

उनले तीन वर्षकै उमेरमा बाल कलाकारको रुपमा बलिउडमा आफ्नो अरियर सुरु गरेकी थिइन। सानै देखि नृत्यमा रुची राख्ने खानले आफ्नो करियरमा कुनै पनि औपचारिक नृत्य प्रशिक्षण लिएका थिएनन।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन्।

उनले अन्तिमपटक करन जोहर निर्मित ‘कंलक’ सिनेमाको ‘ तबाह हो गई’ गीतमा कोरियोग्राफी गरेकी थिइन्।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close