Headline Title onlyबलिउड/हलिउडमनोरन्जन

बलिउड गायिका कनिकाको कोभिड-१९ को छैटौं रिपोर्ट ‘नेगेटिभ’, अझै अर्को टेस्ट बाकीं

बलिउड प्लेब्याक सिंगर (पार्श्व गायिका) कनिका कपुरको कोरोनाभाइरसको छैटौं रिपोर्ट नेगेटिभ आएको छ ।

लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स (एसजीपीजीआईएमएस) मा भर्ना भएकी कनिकाको छैटौं रिपोर्ट शनिबार सार्वजनिक भएको हो ।

यद्यपि, डाक्टरलाई विश्वास गर्ने हो भने उनको कोरोनाभाइरसको अर्को एउटा परीक्षण बाँकी छ र त्यसमा नेगेटिभ आए उनलाई डिस्चार्ज गरिनेछ ।

केही दिन अघिको कुराकानीमा एसजीपीजीखनईएमएसका निर्देशक डा. आरके धीमानले भनेका थिए, ‘कनिकाको स्वास्थ्यमा सुधार भइरहेको छ र उनी खाना पनि समयमा नै खाइरहेकी छिन् ।’

सोसल मिडियामा कनिकाको स्वास्थ्यस्थिती खराब भएको खबरलाई डाक्टरले निराधार बताएका छन् । त्यतिबेला उनले कनिकाको कोरोनाभाइरसको परीक्षण लगातार दुई पटक नेगेटिभ आए मात्रै उनलाई अस्पतालबाट छुट्टी दिन मिल्ने जानकारी दिएका थिए ।

सम्बन्धित खबर

Close