Headlines with imageबलिउड/हलिउडमनोरन्जन

कोरोनालाई जितेर घर फर्किईन कनिका

कोभिड–१९ को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी बलिउड प्ले ब्याक सिंगर (पार्श्व गायिका) कनिका कपुर अन्तत कोरोनालाई जितेर घर फर्किएकी छिन् ।

कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित भएपछि उनी लखनउको एसजीपीजीआई अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई सोमबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनी मार्च २० मा अस्पतालमा भर्ना भएकी थिइन् । पाँच पटकसम्म उनको कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको थियो । तर, शनिबार र सोमबार लगातार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

उनी अस्पतालमा रहँदा उनले डाक्टरहरुलाई सहयोग नगरेको, स्टारडम देखाएको जस्ता खबर पनि मिडियामा आएका थिए ।

बेलायतबाट फर्किएपछि उनमा कोरोना संक्रमण भएको थियो । कनिकाले आफूलाई घर फर्किएर परिवारसँग बस्न मन लागेको बताएकी थिइन् । १५ दिन अस्पतालमा उपचार गरेर उनी घर फर्किएकी हुन् ।

यद्यपि, उनलाई घरमा नै दुई हप्तासम्म क्वारेन्टिनमा बस्न सल्लाह दिइएको छ ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close