Headlines with imageबलिउड/हलिउडमनोरन्जन

घरमै बसेर भारतीय कलाकारले बनाए शर्ट फिल्म : अमिताभ देखि रजनीकान्त सम्मको अभिनय

लकडाउनको बेला भारतका फिल्म कलाकाहरुले घरमै बसेर एउटा शर्ट फिल्म बनाएका छन् ।

‘फ्यामिली’ नाम गरेको शर्ट फिल्ममा भारतका विभिन्न फिल्म उद्योगहरुका चर्चित कलाकारहरुको अभिनय रहेको छ।

फिल्ममा बिग बी अमिताभ बच्चन, रजनीकान्त, प्रियंका चोपडा, रनवीर कपुर,अलिया भट्ट, मोहनलाल, प्रोसेंजित चटर्जी, चिरन्जीवी, शिब राजकुमार, सोनाली कुलकर्नी लगायतले अभिनय गरेका छन् ।

‘लकडाउनलाई पालना गर्नुस: घरमै बस्नुस, सुरक्षित रहनुस’ भन्ने म्यासेज दिन यो शर्ट फिल्म बनाईएको अमिताभ बच्चनले बताएका छन् ।

साथै यो फिल्मको मार्फत फिल्म उधोग एक परिवार भएको र दैनिक मजदुरी गरेर गुजारा चलाउने देश भरिका फिल्म मजदुरहरुलाई सबैले मिलेर सहयोग गर्ने पनि बताएका छन् ।

शर्ट फिल्ममा कलाकारहरुले आ-आफ्नै भाषाहरु प्रयोग गरेका छन् ।

फिल्मका सबै कलाकारहरुले आफ्नै घरबाट आफ्नो भिडियो बनाएका थिए ।

सोनी पिक्चर्स नेटवर्क इंडिया, कल्याण ज्वेलर्स र अमिताभ बच्चनको सहयोगमा प्रसुन पाण्डेले फिल्मको निर्देशन गरेका हुन् ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close