Headlines with imageबलिउड/हलिउडमनोरन्जन

रिलिज भयो सुशान्तसिंहको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर

स्वर्गीय बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम र बहुप्रतिक्षित फिल्म ‘दिल बेचारा’ को ट्रेलर रिलिज भएको छ।

ट्रेलरमा सुशान्त र अभिनेत्री सन्जना सांघीको अनस्क्रिन रोमान्सलाई फिचर गरिएको छ ।

यो फिल्मबाट लिड एक्टरको रुपमा सन्जनाले डेब्यू गर्दैछिन।

‘दिल बेचरा’ लेखक जोन ग्रीन द्वारा लिखीत बेस्टसेलिंग उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित फिल्म हो। उपन्यासका दुई साधारण व्यक्ति, किजी र मन्नीको असाधारण प्रेम कहानीलाई ‘दिल बेचरा’ मार्फत निर्देशक मुकेश छाबराले फिल्ममा उतार्न खोजेका छन।

मुकेश छाबराको पनि निर्देशकीय हिसाबले यो डेब्यू फिल्म हो।

फिल्ममा सुशान्त र सन्जनाका अलवा स्वस्तिका मुखर्जी, जावेद जफरी, मिलिन्द गुनाजी र साहिल वैदको पनि अभिनय रहेको छ भने अभिनेता सैफ अलि खानलाई पनि केमियो रोलमा देख्न सकिने छ ।

फिल्म २४ जुलाईमा डिज्ने प्लस हटस्टारमा रिलिज हुँदैछ। सब्सक्राइब गर्ने र नगर्ने सबै खाले दर्शकले निःशुल्क हेर्न पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close