Headline Title onlyबलिउड/हलिउडमनोरन्जनमनोरन्जन समाचार

मरिष्का पोखरेल अभिनित हिन्दी फिल्म ‘यारा’को टिजर रिलिज

नेपाली अभिनेत्री मरिष्का पोखरेल अभिनित विद्युत जमवाल स्टारर हिन्दी फिल्म ‘यारा’को टिजर सार्वजनिक भएको छ।

एक्सन अभिनेताको रुपमा परीचित बलिवुड अभिनेता विद्युत जमवालको साथमा अभिनेत्री श्रुति हसन, अभिनेता अमित साध लगाएतलाई फिचर गरिएको टिजरमा कलिवुड अभिनेत्री मरिष्का पोखरेललाई पनि एक सिनमा देखाएको छ।

फिल्म भरतको उत्तर प्रदेश संगै नेपालको भक्तपुर, लिलितपुर लगायतका ठाउँमा पनि छायाँकन गरिएको थियो । टिजरमा नेपालका दृश्यलाई पनि प्राथमिकताका साथ देखाइएको छ ।

टिजर सार्वजनिक भएपछि मरिष्काले सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै टिजर शियर गरेकी छिन। तर फिल्ममा कस्तो भुमिका रहेको छ त्यो भने जानकारी दिएकी छैनन् ।

मरिष्काले आफू विगत ५ वर्षदेखि यो क्षणको प्रतिक्षामा रहेको उल्लेख गरेकी छिन। उनले आमाको अनुरोधमा अडिसन दिँदै छानिएको पल आफ्ना लागि सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गरेकी छिन।

टिग्मान्शु धुलियाको निर्देशनमा तयार भएको क्राईम-ड्रामा फिल्म जुलाई ३० मा ओटीटी प्लेटफर्म जी ५ बाट रिलिज हुनेछ।

सम्बन्धित खबर

Close