मनोरन्जनमनोरन्जन समाचार

अभिनेत्री सुपुष्पाले गरिन् प्रेमी रौनकसँग इन्गेजमेन्ट

फिल्म ‘रणवीर’बाट नेपाली फिल्म नगरीमा डेब्‍यु गरेकी अभिनेत्री सुपुष्पा भट्टले बुधबार इन्गेजमेन्ट गरेकी छिन् । उनले प्रेमी तथा निर्माता रौनकविक्रम कँडेलसँग इन्‍गेजमेन्ट गरेकी हुन् ।

सुपुष्पा र रौनकले पछिल्लो केही महिनादेखिको प्रेमसम्बन्धलाई इन्गेजमेन्टमा परिणत गरेका हुन् ।

उनीहरुले सुरुमा वैशाख १७ गते इन्गेजमेन्ट गर्ने तयारी गरेका थिए । तर, काठमाडौंमा निषेधाज्ञा सुरु हुने भएपछि १५ गते नै इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्टमा परिवार र केही निकट व्यक्तिहरू मात्रै उपस्थित भएका थिए ।

सुपुष्पाले ‘रणवीर’ पछि ‘छ माया छपक्‍कै’ र ‘चपली हाइट– ३’ मा अभिनय गरेकी छिन् । उनी अभिनित ‘चप्पली हाईट ३’ भने रिलिज हुन बाँकी छ ।

त्यस्तै, रौनकविक्रमले ‘कबड्डी’, ‘मिस्टर झोले’, ‘पुरानो डुङ्‍गा’लगायत फिल्ममा लगानी गरेका छन् ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close