Headline Title onlyमनोरन्जनमनोरन्जन समाचार

१६ वर्षपछि सिल्भर स्क्रिन सेयर गर्दै अभिनेता भुवन केसी र शिव श्रेष्ठ

करिब १६ वर्षपछि चर्चित अभिनेता द्वय भुवन केसी र शिव श्रेष्ठले फेरी सिल्भर स्क्रिन सेयर गर्ने भएका छन।

निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘राजु राजा राम’मा एकसाथ अभिनय गरेपछि शिव श्रेष्ठ र भुवन केसी एकसाथ सिल्भर स्क्रिन (पर्दा) मा देखिएका थिएनन् ।

कुनै बेला नेपाली फिल्म क्षेत्रमा राज गरेका यी दुई अभिनेताले करिब १६ वर्ष पछि फेरी निर्देशक शोभित बस्नेतकै निर्देशनमा बन्न लागेको फिल्म
‘डाँडाको बर पीपल’मा सिल्भर स्क्रिन सेयर गर्न लागेका हुन।

निर्देशक शोभितको ३१ औं फिल्म ‘डाँडाको बर पीपल’को छायांकन कोरोना महामारीको दोश्रो लहर अगाडि नै सुरु भएको थियो । तर, दोश्रो लहर आएसँगै रोकिएको यो फिल्मको छायांकन भदौ ५ गतेबाट सुरु हुने भएको छ ।

फिल्म निर्माण युनिटले शिव श्रेष्ठसँग केही महिना अगाडि नै सम्झौता गरेका थिए भने भुवनसँग हालै सम्झौता गरेको हो । भुवनका अनुसार, फिल्ममा उनी अतिथी भूमिकामा देखिनेछन् ।

फिल्ममा शिव र भुवनका अलावा गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, राजिवजंग बस्नेतको पनि अभिनय रहने छ।

सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको एक्सन रहनेछ । फिल्मलाई नवराज गिरीले निर्माण गरिरहेका छन् ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close