Headlines with imageमनोरन्जनमनोरन्जन समाचार

अर्पण थापाको क्राईम थ्रिलर सिनेमा ‘तीन जन्तु’को टिजर सार्वजनिक

अभिनेता, लेखक तथा निर्देशक अर्पण थापाको निर्देशनमा तयार भएको क्राईम थ्रिलर सिनेमा ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ ।

टिजरमा वि.सं २०३० को एक रात, एउटा घर, दुईजना चोर अनि २ वटा बाकसको पेरिफेरीमा घुम्ने कथाको केहि झलक देखाईएको छ।

सिनेमाका मुख्य कलाकार अर्पण थापा, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ र रोविन तामाङ केहि फरक अवतारमा टिजरमा देखिएका छन्।

सिनेको रिलिज डेट पौषको १७ गतेका लागि तोकिएको छ । यद्यपि कोरोनाका कारण प्रदर्शन मिति परिवर्तन हुनसक्ने निर्देशक थापाले बताए ।

केहि फरक शैलीमा सिनेमा निर्माण गर्न रुचाउने अर्पण थापाले यस अघि ‘घर’, ‘सुनकेशरी’, ‘मुखौटा’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन्।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close