Headline Title onlyमनोरन्जनमनोरन्जन समाचार

नयाँ फिल्म ‘चिसो मान्छे’को तयारीमा दिपेन्द्र के खनाल : भदौ ११ गते रिलिज डेट

‘पशुपती प्रसाद’ र ‘आमा’ जस्ता सफल फिल्मका निर्देशक दिपेन्द्र के खनालले नयाँ फिल्म ‘चिसो मान्छे’को निर्माण कार्य अगाडी बढाएका छन ।

उनले कोभिड १९ को संक्रमणले छाएको अन्योल चाडै सकिने आशा राख्दै फिल्म क्षेत्रलाई चलायमान बनाउनका लागि ‘चिसो मान्छे’को निर्माण प्रक्रिया अगाडि बढाएको बताएका छन।

साथै उनले फिल्मको प्रदर्शन मिति समेत तय गरेका छन। उनका अनुसार फिल्म वि.सं २०७८ साल भदौ ११ गतेबाट रिलिज हुनेछ ।

यो फिल्मले पनि उनका अघिल्ला फिल्महरुले जस्तै सामाजिक कथालाई प्रस्तुत गर्ने उनको भनाई छ । ‘आमा’ का निर्माता शर्मिला पाण्डेले नै यो फिल्म पनि निर्माण गर्दैछिन् ।

फिल्म निर्माण भएर प्रदर्शनका लागि तयार भएका फिल्मले समेत प्रदर्शन मिति तय गर्न नसकिरहेको अवस्थामा दिपेन्द्र र शर्मिलाले भने कलाकार पनि फाइनल नभएको फिल्मको प्रदर्शन मिति तय गरेका छन् । के उनीहरुले भनेकै मितिमा फिल्म रिलिज सम्भव होला त ?

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close