मनोरन्जनमनोरन्जन समाचार

टुंगियो पूजा शर्मा र प्रकाश सुवेदीविचको विवाद

करिब दुईसाता अघि कार्यक्रम ‘रजतपट’मा गरिएको नायिकामाथीको टिप्पणी बाट सुरु भएको संचारकर्मी प्रकाश सुवेदी र नायिका पूजा शर्माविच चलिरहेको विवाद टुंगिएको छ ।

चलचित्र कलाकार संघ, चलचित्र सम्बन्धित संस्थाका अध्यक्षहरुको रोहबरमा नायिका शर्मा र संचारकर्मी सुवेदीले सहमती पत्रमा हस्ताक्षर गर्दै चलिरहेको विवाद टुंगाएका हुन।

सहमति पत्रमा दुइपक्षविच संचारकर्मी सुवेदीले संचालन गर्दै आएको कार्यक्रम ‘रजतपट’का सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ ।

साथै,अब सुवेदीले संचालन गर्दै आएको कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालना तर्फ सजग रही भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृत्तीमा दुबैपक्ष संवेदनशिल र र सचेत रहने कुरा उल्लेख छ ।

संचारकर्मी प्रकाश सुवेदीले आफूले संचालन गर्दै आएको कार्यक्रममार्फत पत्रकारिता आचारसंहिताको उल्लंघन गर्दै आफूलाई अपशब्द प्रयोग गरेको भन्दै नायिका पूजा शर्माले कलाकार संघ लगायत विभिन्न संस्थामा उजुरी दिएकी थिइन् । कार्यक्रमबाट प्रकाशले माफी मागेपनि पूजाले माफी चित्त नवुझेको बताएकी थिइन् ।

सम्बन्धित खबर

Close