फ्राइडे रिलिजमनोरन्जनमनोरन्जन समाचार

शनिबार गुरुङ फिल्म ‘शिरसुबा’ को विशेष प्रदर्शन ; चैत्र ६ गते देखि हलमा लाग्ने

कलाकार तथा निर्देशक माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको गुरुङ फिल्म ‘शिरसुबा’को फागुन २२ गते शनिबार पोखरामा विशेष प्रदर्शन हुने भएको छ ।

करिब ८ सय दर्शकको उपस्थितिमा शनिबार पोखराको भमरकोट पार्टी प्यालेस रामबजारमा विशेष प्रदर्शन हुने फिल्मका प्रचार प्रसार संयोजक अमृत गुरुङले जनाएका छन्।

सम्पूर्ण दर्शकहरुको लागि भने फिल्म विशेष प्रदर्शन सकेर चैत्र ६ गते देखि पोखराको मिडटाउन सिनेमाजमा प्रदर्शनमा आउने संयोजक गुरुङले बताए ।

चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा मंगलबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक माओत्से गुरुङले फिल्म हेर्न भाषा बाधक नहुने र फिल्मले बोकेको कथा र उठान गरेको विषयबस्तु मुख्य हुने भएकाले सम्पूर्ण दर्शकलाई ‘शिरसुबा’ हलमा गएर हेर्न आग्रह गरे।

दर्शकले कोरियन भाषा नबुझ्दा पनि कोरियन फिल्मको कन्टेन्ट र प्रस्तुतीका कारण विश्वबजारमा लोकप्रिय बनेको उदाहरण दिंदै उनले भने ” भाषा बाधक होईन, सिनेमाले के कन्टेन्ट बोकेको छ !, कत्तिको मनोरन्जन दिन्छ र कत्तिको होल्ड गर्छ भन्ने ठुलो कुरो हो। ”

उनले फिल्ममा के छ ! के भन्न खोजेको छ ! भन्ने कुरै बुझ्न नखोजी भाषाको कारण देखाएर गुरुङ फिल्म नहेर्ने मानसिकता परिवर्तन गर्न आग्रह गरे।

‘शिरसुबा’को यसअघि काठमाण्डौँ र घान्द्रुकमा विशेष प्रदर्शन सम्पन्न भैसकेको र सकारात्मक प्रतिक्रिया मिलेको कारण दर्शकहरु हलसम्म आउनेमा आशाबादी रहेको उनले बताए ।

कार्यक्रममा फिल्मको सफलताको शुभकामना दिदै गुरुङ फिल्म एशोसिएशन नेपाल जिफानका अध्यक्ष भोज बहादुर गुरुङले अब नेपाली फिल्म जस्तै गुरुङ फिल्म पनि हलमा गएर हेर्ने बानीको विकास हुने र फिल्म ‘शिरसुबा’ले त्यो बानी विकास गर्नमा टेवा पुर्याउने आशा जिफानले लिएको बताए ।

भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकले निर्माण गरेको दोश्रो फिल्म ‘शिरसुबा’ मा विश्वास गुरुङ र सुमन गुरुङको मुख्य भूमिका रहेको छ। बिमल गुरुङको कथा तथा निर्माणमा बनेको फिल्ममा विश्वास र सुमनको अलावा सुमीत गुरुङ, प्रिती गुरुङ, आइतराम गुरुङ, सुरज गुरुङ, सोम गुरुङ, डिबी गुरुङ, रविता गुरुङ, अञ्जु गुरुङ, टिकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, अंशु गुरुङ, कुल बहादुर गुरुङ, शंकर गुरुङ, अतीत गुरुङ आदी कलाकारको अभिनय रहेको छ । साथै रजनी गुरुङ, विमल गुरुङ, विरवल घले, राजेन्द्र थापा र लक्ष्मी गुरुङलाई पनि फिल्ममा अतिथि कलाकारको रुपमा देख्न सकिनेछ ।

भ्रेज मेश्रो फिल्म प्रोडक्सनले यसअघि फिल्म ‘भ्रें’ निर्माण गरेको थियो ।

पर्यटकिय गाउँ घान्द्रुकमा छायांकन भएको फिल्मलाई सिनेमेटोग्राफर सुशान्त प्रजापतिले खिचेका हुन। फिल्ममा धन बहादुर गुरुङ र मनोज गुरुङको संगीत, गोरे गुरुङ र लप्सन गुरुङको कोरियोग्राफी र टाक टुकको सम्पादन रहेको छ।

सोम गुरुङ र सुजता गुरुङको सहनिर्देशनमा तयार भएको फिल्मको प्रोडक्सन मेनेजरमा डिबी गुरुङ र विनोद घले गुरुङ रहेका छन।

करिब ३५ लाखको लागानीमा निर्माण भएको फिल्ममा अभिभावक र छोराछोरी बिचको मतभिन्नताका कारण परिवारमा आइपर्ने समस्यालाई देखाउन खोजिएको छ।

फोटो : सचिन मल्ल / जक्सन डट कम

कार्यक्रमका फोटोहरु :

सम्बन्धित खबर

Close