Headline Title onlyमनोरन्जनमनोरन्जन समाचार

जेठ तेश्रो साता पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल- २’ हुने

जेठ २२ गते पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल-सिजन २’ आयोजना हुने भएको छ ।

पोखरासंगै दुबई, युरोप र अष्ट्रेलियामा समेत यो ‘फेसन शो’ आयोजना हुने आयोजक सन्तोष अधिकारीले बताए ।  उनी अष्ट्रेलियाको सम्पूर्ण तयारी सकेर नेपाल फर्केका हुन् ।

‘फेसन शो’मा नेपाली तथा विदेशी मोडलहरुले ‘क्याट वाक’ गर्ने आयोजक असाप इन्टरटेनमेन्टले जनाएको छ । कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागीएको आयोजक अधिकारीले बताए ।

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ का लागि केही दिन पहिले काठमाडौंमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा अभिनेता प्रशान्त ताम्राकार, अपर्ण थापा, सन्दीप क्षेत्री, अभिनेत्री बेनिशा हमाल, निर्देशक दीपेन्द्र के. खनाल, देव कुमार श्रेष्ठ, रंगपत्रकार प्रकाश सुवेदी, मेघा मोडल सिजन ४ विजेता पूजा बराल लगायतका थुप्रै मोडल सहभागी थिए ।

अधिकारी सह-निर्माता रहेका सिनेमा ‘आमा, ‘घर’ रिलिज भइसकेका छन्, भने ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा रहेको छ ।

सम्बन्धित खबर

Close