Headlines with imageफेशन स्टाईलमनोरन्जनमनोरन्जन समाचारलाईफ स्टाईल

मिस युनिभर्स २०२१ मा नेपाली कस्ट्युम : ‘ओड टु माउन्टेनियर्स’

आगामी मे १६ तारिखका दिन अमेरिकाको फ्लोरिडामा हुन लागेको मिस युनिभर्स २०२१ प्रतियोगितामा नेपालले हिमाल आरोहीको स्वरुप झल्कने नेसनल कस्ट्युम (पोशाक / पहिरन) प्रस्तुत गर्ने भएको छ ।

६९ औं संकरणको मिस युनिभर्समा नेपालले डिजाईनर बिना घलेको डिजाईनमा ‘ओड टु माउन्टेनियर्स’ थिममा बनेको नेसनल कस्ट्युम प्रस्तुत गर्ने भएको हो ।

एउटा विशेष कार्यक्रम मार्फत सार्वजनिक गरिएको अंशिकाले लगाउने नेसनल कस्ट्युम ‘ओड टु माउन्टेनियर्स’ले हिमाल नेपालको गौरव भएको दर्शाउदै विश्वको सर्वोच्च शिखरमा उभिने सपना देख्नेहरुको प्रतिनिधित्व गरेको छ ।

मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले शुक्रबार नेपालले प्रस्तुत गर्ने नेसनल कस्ट्युमको फोटो सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्दै लेखेकी छिन  “६९ औं मिस युनिभर्सका लागि नेपालको राष्ट्रिय पोशाक ‘ओड टु माउन्टेनियर्स’ हो । जसले नेपालीका लागि हिमालको महत्त्वलाई दर्शाउछ। साथै यसले उनीहरूलाई पनि दर्शाउछ जसले विश्वको सर्वोच्च शिखरमा उभिने सपना देख्छन्। ”

साथै मिस युनिभर्स नेपालको अफिसियल फेसबुक पेजमा पनि उक्त कस्ट्युमको फोटो श्येर गर्दै लेखिएको छ ” हरेक वर्ष विश्व यहाँका हिमालका लागि नेपाल आउँछ, यो वर्ष हामी हिमाल विश्वसामु लैजान्छौ। ”

हिमाल आरोहीको पहिरणबाट प्रभावित भएर परम्परागत शेर्पा बखु ब्रोकेडले बनाइएको माउन्टेनियरिङ्ग शुट तेन्जिङ शेर्पाको एभरेष्ट आउटफिटले तयार पारेको हो ।

मिस युनिभर्स नेपाल अनिष्का शर्माको थीममा डिजाईनर बिना घलेलाई नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन, रितेश देव र कृष्ण देव लगाएतको टिमले प्रप्स (अन्य आवश्यक सामानहरु) मा सहयोग गरेका हुन् भने राजेश शाक्यले गरगहना तयार गरेका हुन् । यसैगरी यो नेसनल कस्ट्युममा चित्रकलाको कार्य गौतम श्रेष्ठ र अविजित प्रजापतिले सम्पन्न गरेका छन् ।

कस्ट्युममा धातु र पत्थर जडित हेडगियर, अक्सिजन मास्क, पञ्जा र बुट लगाएत समावेश गरिएको छ । कस्ट्युममा २४ क्यारेट सुन र बहुमुल्य पत्थरको प्रयोग गरिएको नग्माले जानकारी दिएकी छिन् ।

कस्ट्युमको पछिल्तिर राखिएका बौद्ध प्रार्थनाका झण्डालाई खुला र बन्द गर्न मिल्ने गरी मोटर जडान गरि मण्डला तयार पारिएको छ । साथै कस्ट्युमको अभिन्न पक्षका रुपमा बटन थिचेपछि खुल्ने क्यानभासमा तयार पारिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको ह्यान्ड पेन्टेड थ्रीडि डिजाइनलाई आकर्षक रुपले समेटिएको छ ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close