Headlines with imageमनोरन्जनमनोरन्जन समाचार

लकडाउनले जन्मायो ‘खैला बैला’: ‘नाइके’ निर्देशक नेत्र गुरुङले गरे फिल्म निर्माण घोषणा

पोखराबाट निर्माण भएको आर्यन सिग्देल अभिनित मेनस्ट्रिम फिल्म ‘नाईके’का निर्देशक नेत्र गुरुङले नयाँ फिल्म ‘खैला बैला’को निर्माण घोषणा गरेका छन् ।

नयाँ वर्ष २०७७ को अवसर पारेर फिल्म ‘खैला बैला’को निर्माण घोषणा गरिएको हो ।

आफ्नो निर्देशनमा फिल्म निर्माण हुनलागेको घोषणा निर्देशक गुरुङले फेसबुक मार्फत गरेका हुन् ।

निर्देशक गुरुङकै कथा तथा पटकथा रहने यो फिल्म ‘नेत्र इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण हुनेछ । अहिले निर्देशक गुरुङ फिल्मको स्क्रिप्टमा व्यस्त छन् ।

लकडाउनको सदुपयोग गर्दै यो खाली समयलाई ‘खैला बैला’को स्क्रिप्टमा लगाएको निर्देशक गुरुङले बताएका छन । ‘लकडाउनले मलाई फिल्मको स्क्रिप्ट लेख्न हौसायो र लेख्दै जाँदा राम्रा राम्रा प्लटहरु पनि निस्किएका छन्’ गुरुङले भने ‘ सोसियल ड्रामा जनरामा कमेडी मिक्स भएको राम्रो फिल्म निर्माण गर्न यो लकडाउन मलाई फलदायी हुने आशामा छु ।’

फिल्ममा क-कस्को अभिनय रहने भन्ने अहिलेसम्म पक्का भएका छैन। अडिसन गरेर नै फिल्मको कलाकारहरु छानिने निर्देशक गुरुङको भनाई छ। उनका अनुसार फिल्ममा नयाँ तथा पुराना पुस्ताका कलाकारहरु देखिनेछन् ।

फिल्मका लागि प्राविधिकहरु पनि पुर्ण रुपमा पक्का भइसकेका छैनन् । कलाकार र प्राविधिकको छनोटपछि फिल्मको औपचारिक निर्माण घोषणा गरेर फिल्मको रिलिज मिति तोकिने गुरुङले बताए ।

फिल्म यसै बर्ष छायांकनमा जाने तयारीमा छ ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close