Headline Title onlyमनोरन्जनमनोरन्जन समाचार

सकियो प्रदीप खड्‍का स्टारर फिल्म ‘प्रकाश’को छायांकन

प्रदीप खड्‍का स्टारर फिल्म ‘प्रकाश’को छायांकन सकिएको छ। जुम्लामा छायांकन भएको फिल्‍मको सम्पूर्ण छायांकन ४२ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ।

दिनेश राउतको निर्देशनमा बनेको फिल्‍मले ग्रामीण भेगका एक शिक्षित युवाको शिक्षक बन्ने संघर्षको कथा बोकेको निर्माणपक्षले बताएको छ। प्राय एउटै खाले भूमिकामा देखिदै आएका अभिनेता प्रदिप यो फिल्ममा भने केहि फरक भूमिकामा देखिने भएका छन्।

विकास सुवेदीले लेखेको फिल्म ‘प्रकाश’बाट अभिनेत्री रेणु योगीले डेब्‍यु गर्दैछिन् । फिल्ममा प्रदीप र रेणुसँगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतको अभिनय रहेको छ ।

राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा अनुप बरालको कास्टिङ डिरेक्शन तथा ताराप्रकाश लिम्बु, एलिस कार्की र दीपक शर्माको संगीत रहेको छ ।

‘विनिश इन्टरटेनमेन्ट’को ब्यानरमा बन्ने फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन ।

सम्बन्धित खबर

Close