Headlines with imageमनोरन्जनमनोरन्जन समाचार

‘प्रेम गीत ३’ आगामी चैत्रमा

२०७६ सालको बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ अब २०७७ साल चैत्रमा रिलिज हुने भएको छ ।

कोरोना माहामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउनका कारण गत चैत्र २८ मा रिलिज हुने तयारीमा रहेको यो फिल्म सो मितिमा रिलिज हुन सकेको थिएन ।

निर्माता निर्देशक सन्तोष सेनले ‘प्रेम गीत ३’ आगामी चैत्रमा रिलिज गर्ने बताएका छन ।

उनका अनुसार फिल्मको अझै एक महिना जतिको पोष्टप्रोडक्सनको काम बाकीं रहेको छ। यस अघी दशैंमा रिलिज गर्ने सोच बनाएका सेनले त्यो बेला सम्म पनि फिल्म रिलिज गर्ने वाताबरण राम्रो बन्ने नदेखेपछि चैत्रमा गर्ने योजना बनाएको बताए ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रम पुरी, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको छ ।

सन्तोष सेन र छेतेन गुरुङले संयुक्त निर्देशन गरेको फिल्म पिरियड ड्रामा जनरामा निर्माण भएको हो।

आशुसेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा कल्याण सिंह, एलिस कार्कीको संगीत, हिमाल केसीको द्धन्द्ध, कविराज गहतराजको नृत्य तथा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सम्बन्धित खबर

Close