Headlines with imageमनोरन्जनमनोरन्जन समाचार

“यस्तो समय पनि थियो जुन बेला म ह्यारेसमेन्टको शिकार बन्न पुगे” : साम्राज्ञी

नेपाली फिल्म उद्योगकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले करियरको सुरुवाती समयमा ह्यारेसमेन्ट सम्मको नराम्रो
व्यवहार भोग्नु परेको बताएकी छिन।

सामाजिक सञ्जाल इन्स्टाग्रामको आईजी टिभीमा एक भिडियो शेयर गर्दै आफ्नो करियरको ५ वर्षमा ८ वटा फिल्ममा काम गरेको र यसमध्ये ३ वटा फिल्ममा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी छन् । उनले आफूले सबै कुरा भन्न नसक्ने पनि बताएकी छन् ।

उनले पछिल्लो समय बलिवुडमा सुशांत सिंह राजपूतको आत्महत्या पछि बलिवुड नायिका कंगना रनावतले इमान्दारी पुर्वक बलिवुडको नेपोटिजम र ग्रुपिजमको कुरालाई अगाडी ल्याएको र बलिवुडको तितो सत्यको बारे बोलेको बताएकी छिन। ” त्यस्ता धेरै कुराहरु छन जुन नेपालमा पनि हुन्छन तर कोही बोल्न चाहदैनन् ” उनले भनेकी छिन।

साम्राज्ञी भन्छिन –‘मैले १७ वर्षको उमेरमा नै नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेँ । म सानै थिएँ, मैले त्यस्ता कुराहरु भोगे जुन १७ वर्षको बच्चालाई ह्याडल गर्न गाह्रो हुन्छ। मैले त्यति नै बेला यस्ता कुराहरु भन्न खोज्दा नेपाली फिल्म क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो ।

प्राय ब्यानरमा नदोहोरिनुको कारण बताउदै उनले अगाडी भनेकी छिन – ‘ हरेक फिल्मको प्रमोसनमा पुग्दा मलाई घमण्डी केटीको रुपमा हेरिन्थ्यो, प्रश्न गरिन्थ्यो । यसले मलाई दिक्क बनाउथ्यो । तर म त्यस्तो छैन। त्यस्ता मानिसहरुको ब्यवहारका कारण मैले फर्केर तिनीहरु संग काम गरिन अनि उनीहरुले मेरो बारेमा यस्ता हल्लाहरु फैलाउथे। ‘

उनि भन्छिन – ‘ यस्तो समय पनि थियो जुन बेला म ह्यारेसमेन्टको शिकार बने, फिल्म क्रु कै अगाडी मजाक बनाएर पनि त्यो मानिस हाँस्थ्यो। एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइँदैन यहाँ । तर यी सबै कुरालाई सामान्य जस्तो सोचेर अनुहारमा खुसी देखाएर काम गर्नुपर्थ्यो ।’

साम्राज्ञीले समयमै खाना, पानी उपलब्ध नहुँदा यो विषयमा बोल्दा समेत अपशब्द प्रयोग भएको बताएकी छन् । उनले आफूलाई यस्तो विषयमा बोल्दा निकै नै नराम्रो व्यवहार भएको भन्दै धेरै बेर रोएर फेरि केही नभएजस्तो गरेर काममा फर्किएको अनुभव पनि सुनाएकी छन्।

साम्राज्ञीले फिल्म क्षेत्रमा भोगेका भोगाइको विषयमा आफूलाई केही निर्देशकले बोल्न हुँदैन भनेर भनेको पनि बताइन् ।

साम्राज्ञीले एक जना निर्देशकको रुष्ट व्यवहारको विषयमा आफूले सुनेको तर त्यस्तो हुनुहुन्न होला भनेर काम गरेको बताउँदै भनिन्–‘तर मैले काम गरेपछि सबै सोचाइहरू टुटेर गए । मेकरहरू यस्तो विषयमा बोल्न हुन्न भन्नुहुन्छ । तर यस्तो विषय बाहिर नआओस् भनेर सोच्ने मेकरले कलाकारलाई सम्मान गर्न पनि सिक्नुपर्छ ।’

बोल्ने क्रममा धेरै पटक भावुक हुँदै उनले आफूले यो विषयमा बोल्दा आफूलाई माया वा घृणा जे पनि आउन सक्ने बताएकी छिन् । तर आफूलाई नराम्रो प्रतिक्रियाको बानी परिसकेको समेत साम्राज्ञीले सुनाइन् ।

उनले केही समय अगाडि फ्यानहरूसँग कुरा गर्दै आफूले अब पहिलेको जसरी धेरै फिल्ममा काम नगर्ने पनि बताएकी थिइन् ।

नेपाली फिल्म ‘ड्रिम्स’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी साम्राज्ञीको पछिल्लो फिल्म ‘रातो टिका निधारमा’ हो ।

 

View this post on Instagram

 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

सम्बन्धित खबर

Close