Headline Title onlyमनोरन्जनमनोरन्जन समाचार

‘युट्युब पत्रकारको घिनलाग्दो हेडलाईनले नै टाउको दुख्छ, औषधी नै खानु पर्ने गरी’ : साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आज फेरि इन्स्टाग्रामको आईजी टिभीमा एउटा भिडियो पोस्ट गरेकी छिन। भिडियोमा उनले पछिल्लो २ दिनमा धेरै मिडिया कर्मीहरुको अन्तरवार्ताको लागि फोन आएको तर आफुले अन्तरवार्ता नदिने बताएकी छिन।

भिडियोमा उनले विशेषगरी युट्युब पत्रकारहरु बाट आफु वाक्क भएको बताएकी छिन। उनले युट्युब पत्रकारको हेडलाईनले नै टाउको दुख्ने र औषधी नै खानु पर्ने भनि कटाक्ष समेत गरेकी छिन।

साम्राज्ञी भन्छिन – ” पछिल्लो २ दिनमा मलाई धेरै मिडियाबाट अन्तरवार्ताको लागि फोन आएको छ। तर मैले अन्तरवार्ता नदिनुको कारण यो हो कि हाम्रो कुरालाई सधै बढाई चढाई गरेर देखाइयो। सुरुमा हाम्रो कुरा बुझे जस्तो गर्ने पछी नराम्रो हेडलाईन बनाएर पोस्ट गर्ने गरियो। अब म थाकी सके। ”

उनि भन्छिन – ” मलाई मात्र होइन हामी जस्तो धेरै एक्टरलाई अहिले यस्तो भैराछ। हामीलाई नराम्रो बनाएर पैसा कमाउने ? हामीलाई पनि देउ । क्यामेरा र माईक बोक्या छ इन्टरभिय़ू भन्या छ। अनि त्यो घिनलाग्दो हेडलाईनले नै मलाई टाउको दुख्छ, औषधी नै खानु पर्ने गरी। ”

फिल्म प्रोमोशनको क्रममा डिरेक्टरसंग युट्युबमा नजाम भन्दा पनि भिउजको लोभले आफुहरुलाई लैजाने गरेको उनि बताउछिन।

बाँकी भिडियोमा हेर्नुस :

 

View this post on Instagram

 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close