Headline Title onlyमनोरन्जनमनोरन्जन समाचार

साम्राज्ञी भर्सेज भुवन केसी : साम्राज्ञी भन्छिन ‘ मैले झुठो बोलेको छैन, मैले जे भोगे त्यही बोले ‘

आज भन्दा ३ दिन अगाडी नेपाली फिल्म उद्योगकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले करियरको सुरुवाती समयमा ह्यारेसमेन्ट सम्मको नराम्रो व्यवहार भोग्नु परेको भन्दै सामाजिक सञ्जाल इन्स्टाग्रामको आईजी टिभीमा एक भिडियो शेयर गरेकी थिइन।

उनले भिडियोमा बोल्ने क्रममा कुनै पनि फिल्मकर्मीको नाम भने खुलाएकी छैनन्। तर उनले आफ्नो डेब्यु फिल्ममा काम गर्दा आफूमाथि राम्रो व्यवहार नभएको बताएकी थिइन।

त्यसपछी निर्माता तथा निर्देशक भूवन केसीले फेसबुकमा स्ट्याटस लेखेर साम्राज्ञीलाई कटाक्ष गर्दै भने – ‘जुन थालमा खाने, सोही थालमा दुलो पार्ने’। उनले साम्राज्ञीले सामाजिक सञ्जालमा गरे बराबरको अभिनय फिल्ममा पनि गरे हुने भन्दै कटाक्ष गरेका छन्।

त्यसपछि साम्राज्ञीले भुवनको यो भनाइको पनि भिडियो मार्फत जवाफ दिएकी छन्। दोश्रो भिडियोमा साम्राज्ञीले जापानमा आयोजित एक अवार्डमा सहभागी हुने क्रममा नायक केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप समेत लगाएकी छिन ।

साम्राज्ञीले भनेकी छिन –‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस्, अब यस्तो गर्नुहुँदैन भनेर सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन पनि लागिरहेको थियो । तै पनि म हाँसेरै बोलेकी थिएँ ।’

साम्राज्ञीले अगाडि भनेकी छिन –‘ती कुराहरू केही टाढा बसेर पनि भन्न सकिन्छ नि । गाला जोडेर, टाँस्सिएर भन्नुपर्छ र ? छोएर अब यस्तो नगर है भन्दै गालामा मुख जोडेरै भन्नुपर्छ र ।’

 

View this post on Instagram

 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

साम्राज्ञीले भुवन केसीलाई ‘अंकल’ भनेको मन नपर्ने भन्दै आफूले ‘दाइ’ भन्ने गरेको पनि बताएकी छिन ।

साम्राज्ञीले यो भिडियोमा पनि भुवन केसीको नाम भने उच्चारण गरेकी छैनन् । तर उनले लेखेको स्टाटसमा आक्रोश व्यक्त गर्दै जवाफ दिएकी उनले भुवनलाई नै संकेत गरेको प्रष्ट देखिन्छ । उनले आफूमाथि राम्रो व्यवहार भएको भए यस्तो दिन नै नआउने भन्दै आक्रोश पोखेकी छन् ।

साथै भिडियोमा उनले अरुले पनि त्यस्तो व्यवहार गरेको जनाउदै भनेकी छिन ” अरु मान्छेले पनि मलाई के के गर्या छ, तर म चुप लागेर बसी राको छु। ” उनले आफुले यस्ता कुराहरु बाहिर ल्याएर राम्रो या नराम्रो के गरेको थाहा नभएको तर आफु सत्य बोलेको र आफुलाई ठिक महशुस भएको पनि बताएकी छिन।

नायक भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘ड्रिम्स’ मार्फत नायिका शाहले डेब्यु गरेकी हुन् ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close