Headline Title onlyफ्राइडे रिलिजमनोरन्जनमनोरन्जन समाचार

ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज भयो नेपाली फिल्म ‘चिनी कम रंग कडा’

गणेशदेव पाण्डेको नयाँ नेपाली फिल्म ‘चिनी कम रंग कडा’ चर्चित ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको छ।

जुलाई १ मा रिलिज भएको फिल्म हाल अमेरिका र बेलायतमा मात्र हेर्न मिल्नेगरी रिलिज गरिएको छ।

निर्माणपक्षका अनुसार नेपालमा भने केहि समयपछि मात्र रिलिज गरिने छ।

फिल्ममा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतको अभिनय रहेको छ ।

विवेक घिमिरेको निर्देशिनमा बनेको फिल्मलाई गणेश देव पाण्डेले निर्माण गरेका हुन।

पाण्डे आफैले लेखेको फिल्ममा मानव सुवेदीको ब्याकग्राउण्ड स्कोर / म्युजिक रहेको छ।

याचोपो रचलिक र लुका मौचेरीले खिचेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close