Uncategorizedफ्राइडे रिलिजमनोरन्जनमनोरन्जन समाचार

ओटीटी रिलिज : आज शुक्रबार देखि धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’

हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बनाएको नयाँ फिल्म ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्म ‘ओहो मुभिज’ मा रिलिज भएको छ ।

कमेडी जनरा बनेको फिल्ममा सिताराम, कुञ्जनाको साथमा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बादलिप राई, सुमन कार्की, सुमन कोइराला लगायतको अभिनय रहेको छ ।

धुर्मुस र सुन्तली कै निर्देशनमा तयार भएको फिल्मलाई पहिलो चरणको लकडाउनपछि चितवनका विभिन्न स्थानमा छायांकन गरिएको थियो । ओहो मुभिज एप डाउनलोड गरेर केही रकम तिरेर हेर्न सकिने यो फिल्म करिब २ घन्टा लामो छ ।

फिल्ममा समावेश गरिएको समसामायिक विषयमाथिको उठान र व्यङ्ग्यले दर्शकको मन जित्ने आशा कलाकार तथा निर्देशक सितारामले लिएका छन। दर्शकले अत्याधिक रुचाएको चरित्रमा नै फिल्म निर्माण भएकाले फिल्मबाट दर्शकले पूर्ण मनोरञ्जन लिने उनले बताए ।

कोरोना महामारीका कारण विगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र शुन्य जस्तै छ । तर, थुप्रै चलचित्रका निर्माताले भने ओटीटीबाट फिल्म प्रदर्शन गर्ने हिम्मत गर्न सकेका छैनन् । सिताराम र उनको टिमले भने नयाँ ओटीटी प्लेटफर्मबाट यो फिल्म रिलिज गरेको हो ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close