
माओत्से गुरुङ निर्देशित गुरुङ फिल्म ‘शिरसुबा’ले पोखरामा सकारात्मक दर्शक प्रतिकृया पाएको छ । चैत्र ६ गते शुक्रबार देखि पोखराको मिडटाउन सिनेमाजमा प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमा दर्शकको उत्साहजनक उपस्थिति सहित सकारात्मक प्रतिकृया पाएको हो ।
लामो समयको अन्तराल पछि हल छिरेका दर्शकले धेरै पछि राम्रो फिल्म हेर्न पाएको बताएका छन ।
दर्शकले फिल्मको मुख्य पात्र ‘शिरसुवा’ (सुमन गुरुङ) को अभिनयको तारिफ समेत गरेका छन । धेरैले फिल्मको कथा र कलाकारको प्रस्तुतिको तारिफ गरेका छन ।
भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकले निर्माण गरेको दोश्रो फिल्म ‘शिरसुबा’ मा विश्वास गुरुङ र सुमन गुरुङको मुख्य भूमिका रहेको छ।
माओत्से गुरुङको लेखन, बिमल गुरुङको कथा तथा निर्माणमा बनेको फिल्ममा विश्वास र सुमनको अलावा सुमीत गुरुङ, प्रिती गुरुङ, आइतराम गुरुङ, सुरज गुरुङ, सोम गुरुङ, डिबी गुरुङ, रविता गुरुङ, अञ्जु गुरुङ, टिकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, अंशु गुरुङ, कुल बहादुर गुरुङ, शंकर गुरुङ, अतीत गुरुङ आदी कलाकारको अभिनय रहेको छ ।
साथै रजनी गुरुङ, विमल गुरुङ, विरवल घले, राजेन्द्र थापा र लक्ष्मी गुरुङलाई पनि फिल्ममा अतिथि कलाकारको रुपमा देख्न सकिनेछ ।
भ्रेज मेश्रो फिल्म प्रोडक्सनले यसअघि फिल्म ‘भ्रें’ निर्माण गरेको थियो ।
पर्यटकिय गाउँ घान्द्रुकमा छायांकन भएको फिल्मलाई सिनेमेटोग्राफर सुशान्त प्रजापतिले खिचेका हुन। फिल्ममा धन बहादुर गुरुङ र मनोज गुरुङको संगीत, गोरे गुरुङ र लप्सन गुरुङको कोरियोग्राफी र टाक टुकको सम्पादन रहेको छ।
सोम गुरुङ र सुजता गुरुङको सहनिर्देशनमा तयार भएको फिल्मको प्रोडक्सन मेनेजरमा डिबी गुरुङ र विनोद घले गुरुङ रहेका छन।
फिल्म करिब ३५ लाखको लागानीमा निर्माण भएको हो ।
फोटो : सचिन मल्ल / जक्सन डट कम