फ्राइडे रिलिजमनोरन्जनमनोरन्जन समाचार

फ्राईडे रिलिज: मिडटाउनमा आजदेखि गुरुङ फिल्म ‘स्यू रु’ प्रर्दशन हुदैँ, ‘शिरसुबा’ दोश्रो हप्तामा

आज शुक्रबारदेखि पोखराको मिडटाउन सिनेमाजमा गुरुङ फिल्म ‘स्यू रु’ (काँचो धागो) प्रर्दशनमा आउने भएको छ।

गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को समन्वयमा फागुन १ गते देखि मिडटाउनमा गुरुङ फिल्मको नियमित प्रदर्शन शुरु भएको हो ।

कलाकार तथा निर्देशक सोम गुरुङको निर्देशनमा बनेको ‘स्यू रु’ नियमित प्रदर्शनको चौथो फिल्म हो। यसअघि दुई गुरुङ फिल्म – ‘कर्म क्याः’ र ‘रिंजे नासा’ प्रदर्शनमा आईसकेका छन् भने तेस्रो फिल्म ‘शिरसुबा’ आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ।

स्वस्ति फिल्म प्रा.ली.को प्रस्तुतिमा निर्माण भएको ‘स्यू रु’मा बिबेक गुरुङ, जुना गुरुङ, नबिन गुरुङ, अनुशा गुरुङ, डीबी गुरुङ, रेशम गुरुङ, नेत्र बहादुर गुरुङ, सुसान गुरुङ, सुबिना गुरुङ आदि कलाकारको अभिनय रहेको छ ।

निर्देशक सोम गुरुङले नै लेखेको फिल्मलाई खिम बहादुर गुरुङले खिचेका हुन् ।

जित बहादुर गुरुङ, नौजंग गुरुङ, राम प्रसाद गुरुङ, मन बहादुर गुरुङ, युवराज गुरुङ र सुर्य बहादुर गुरुङ र बिकाश क्रोम्छे गुरुङको टिमले निर्माण गरेको फिल्मको छायाकंन कास्कीको मादी गाउँपालिका ८ र नागीधारा गाउँपालिकामा भएको हो ।

सम्बन्धित खबर

Close