Headlines with imageफ्राइडे रिलिजभिडियोमनोरन्जन

मिलन शंकरको ‘दशा’

मोडल / नायक मिलन शंकर अभिनित नयाँ शर्ट फिल्म ‘ दशा ‘ सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको छ। नेत्र इन्टरटेनमेन्ट र जक्सन डटकमको सहकार्यमा निर्माण भएको फिल्ममा लकडाउनले मध्यम वर्गीय नेपालीलाई परेको समस्याको कथा पस्किन खोजिएको छ ।

शर्ट फिल्मका मुख्य कलाकार मिलन शंकर म्युजिक भिडियो, रनवे र एड मोडलिंग हुदैं नेपाली फिल्म क्षेत्रमा पोखराबाट उदाएका हुन। एक सय भन्दा बढि म्युजिक भिडियोमा मोडलिंग गरिसकेका शंकरले नेपाली फिल्म ‘माई लाईफ’ र ‘स्वीकार’मा अभिनय समेत गरिसकेका छन्।

पोखरामा चर्चित म्युजिक भिडियो मोडलको उपाधी पाएका शंकर पछिल्लो समय भने सिनेमाटोग्राफरको रुपमा पनि परिचित छन्। उनले खिचेको वेब सिरिज ‘ ट्वेण्टी फर्स्ट लभ ‘ युट्युबमा चर्चित समेत बनेको थियो।

नेत्र गुरुङले निर्देशन गरेको शर्ट फिल्ममा मिलन शंकरका अलवा प्रमिला तुलाचन, नवराज गिरी, सविता सापकोटा, कपिल शर्मा लगाएतको अभिनय रहेको छ।

फिल्मलाई पोखराका चर्चित सिनेमाटोग्राफर प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन। फिल्मको कथा / पटकथा भरत छन्त्यालले लेखेका हुन् भने सम्पादन निर्देशक आफैले गरेका हुन।

निर्देशक गुरुङले लकडाउन अवधिभर शर्ट फिल्महरु ‘लकडाउन’, ‘राहत’, ‘घर’, ‘बसाँई’, ‘नाम्लो’ र ‘सत्कर्म’ सार्वजनिक गरिसकेका छन् ।

सम्बन्धित खबर

Close