Headline Title onlyफ्राइडे रिलिजमनोरन्जन

लकडाउनमा ‘घर’ को सम्झनाले पिरलिएको युवाको कथा

कोरोना भाईरस सँक्रमण रोक्न गरिएको लकडाउनको मारमा घरको सम्झनाले पिरलिएको युवाको कथामा आधारित शर्ट फिल्म ‘घर’ सार्वजनिक भएको छ ।

कलाकार तथा कोरियोग्राफर रोहण नेपालीको मुख्य भूमिका रहेको फिल्ममा लकडाउनको समयमा शहरको एक फ्ल्याटमा अड्किरहेका युवाको समग्र कथा समेटिएको छ।

फिल्ममा पात्र घर छाडेर शहर पस्नुको कारण, प्रेम र प्रेमिकाबाट पाएको धोका, बुबाआमाको सम्झना, घरको स्मरणले पश्चातापको भूमरीमा फसेका छन् ।

नेत्र ईण्टरटेण्मेण्टको व्यानरमा जक्सन डट कमको सहकार्यमा निर्माण गरिएको शर्ट फिल्मलाई नेत्र गुरुङ्ले निर्देशन गरेका हुन् ।

फिल्ममा रोहनसहित साधना शर्मा, पूर्ण जिसी, हिमा जिसी, भरत छन्त्याल, विजयराज अधिकारी, सुशन श्रेष्ठको अभिनय छ ।

फिल्मलाई प्रकाश गुरुङ् ‘काश’ ले खिचेका हुन् । फिल्ममा सम्पादन पनि स्वयम नेत्र कै रहेकोछ भने सहायक निर्देशन भरत छन्त्यालको रहेको छ ।

यो पनि :

सम्बन्धित खबर

Close