Headline Title onlyफ्राइडे रिलिजमनोरन्जनमनोरन्जन समाचार

प्रकाश घिमिरेको ‘नाम्लो’ रिलिज

नेपाली फिल्मका स्थापित पोखरेली कलाकार प्रकाश घिमिरेको मुख्य भूमिका रहेको शर्ट फिल्म ‘नाम्लो’ रिलिज भएको छ।

लकडाउनले परेको मर्का, व्यथा र घरभेटीको किचकिचले दिक्क भएका मजदुरको कथा हो ‘नाम्लो’। त्यहीं ‘नाम्लो’ जस्ले भुकम्पको बेला मुख्य पात्रको ज्यान समेत बचायो।

फिल्म लकडाउनमा ब्याक टु ब्याक ‘शर्ट फिल्म’ रिलिज गरिरहेका निर्देशक नेत्र गुरुङको निर्देशनमा तयार भएको हो।

फिल्ममा जम्मा दुई जना मात्र पात्र छन्। जम्मा दुई जना पात्रको माध्यमबाट पछिल्लो समय मजदुरले भोग्नु परेको पिडाको यथार्थ चित्रण गरेका छन् निर्देशक गुरुङले।

नेत्र इन्टरटेनमेन्टले जक्सन डट कम संगको सहकार्यमा विश्वव्यापी कोरोनाको महामारीबाट बच्न नेपालमा गरिएको लकडाउनका कारण समाजमा परेको प्रभावलाई चित्रण गर्दै फरक फरक कथामा शर्ट फिल्महरु निर्माण गरिरहेको छ। ‘नाम्लो’ पनि यहीं सिरिजको एक भाग हो।

‘हामीले लकडाउनले नेपाली समाजमा पारेको प्रभावलाई फिल्ममार्फत भन्न खोजेका हौँ । र, यसले समाजमा पारेको विभिन्न पाटोलाई हामीले समेट्ने प्रयास गरेका हौँ । नाम्लो यसको पछिल्लो उदाहरण हो ।’ निर्देशक नेत्र गुरुङले भने–‘अग्रज कलाकार प्रकाश घिमिरेसँगको सहकार्यमा हामीले एउटा भुँईमान्छेको कथालाई यो फिल्ममा पेश गरेका छौँ ।’

निर्देशक गुरुङले ‘नाम्लो’को कथावाचन शैलीमा पनि आफूले केही फरक गर्न खोजेको बताए । ‘यस्तो खाले वाचन शैली दर्शकलाई केही नयाँ लाग्न सक्छ । तर हामीले पात्रमार्फत एउटा भरियाको कथा देखाउन खोजेका हौँ ।’ उनले भने ।

फिल्ममा प्रकाश घिमिरेको साथमा विजय अधिकारीको पनि भुमिका रहेको छ ।

प्रकाश गुरुङ ‘काश’ले खिचेको फिल्मलाई नेत्र गुरुङ आफैले लेखेका हुन् । फिल्ममा भरत छन्तयालको सह–निर्देशन रहेको छ ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close