Headline Title onlyमनोरन्जनसाहित्य जक्सन

“कता-कता मनभित्र आमा ! डर पलाएको छ”

रामचन्द्र अर्याल

न करोडपति खुसी छन यहाँ,
न खुसी छन सर्बसम्पन्न देशहरु
न राजाको मुहारमा हासो देख्छु
मलिन छन सबैको,मुहारहरु।।

न डक्टर सुरक्षित देख्छु यहाँ,
न उपचाररथ,कैयौ बिरामिहरु
पैसा भए हातका मैला यहाँ,
किन्न सकेनन कसैले स्वास्थ्य,सुख र शान्तिहरु।।

अहो कस्तो बिपत्ती छायो सन्सारमा,
सक्रीय छन्,अदृश्य भाइरसहरु
प्रबेश गरि सकस पार्छन शरिरमा,
फैलाउदैछ सम्पर्कमा,आउने थप मानिसहरु

जाउँ भागिकन कहाँ,नपुगेको त्यो ठाउँ छैन,
शहर बजार ढाकिसक्यो,गाउँ पनि अछुतो छैन

बसौ सुरक्षित आफ्नै घरभित्र,
नजाऔ बाहिर निम्तो गर्न भाइरसहरु
नछोऔ आफ्ना नाक मुख र आखालाइ
धोऔ साबुन पानीले मिचिमिची हात,अनि मारौ किटाणुहरु।।

काल आएपछी लान्छ सबैलाइ,त्यो थाहा छ
धनी,गरिब,केही भन्दैन,त्यो पनि त थाहा छ
मिति नछोट्याउ,भन्नू बस यति मात्रै हो
मुटु छियाछिया पारी बाच्नुपर्ने,
हे दैब यो कस्तो नियती भो।।

मृत्यु एउटा परम तितो सत्य हो,
कसैको चाडो,कसैको ढिला मात्र हो
थाहा छ अजम्बरी कोहि पनि छैन यहाँ,
छाडी जानुपर्छ सबै चिज जहाँ।।

मार्‍यो भने भाइरसले,आउदैनन
काध थाप्न कोहि इस्टमित्रहरु
न ओढ्छ नै कात्रो त्यो लाशले
न बज्छ ,सङ्खका ध्वनिहरु।।

पाउदैन छुन आफ्नै परिवारले,
न पाउछ त्यो लासले अग्निको दागबत्ती,
पोको पारी फालिदिन्छ कतै,
मुस्किल छ भेट्न लाशको त्यो अस्थि।।

यहाँ परदेशिको जीवन,अझ मुस्किल छ,
पाइन्न बस्न घरभित्र,बाहिर कोरोना हात फैलाउदैछ
थाहा छैन कुन दिन,उ सग अङ्कमाल हुनु छ,
बाचे घर फर्कने आश,मरे यतै माटोमा मिल्नु छ।।

कता-कता मनभित्र,आमा,डर पलाएको छ,
लान्छ कि भनी भाइरसले,मुटु पोलेको छ
यो जन्म त यसै हुन्छ कि के हो,आमा,
तिम्रो दसधारा दुधको भार,तिर्न पाउदिनकी भन्ने पिर लागेको छ।।

न फर्कन्छ, परदेशिको लास स्वदेशमा,
न परिवारले मुख देख्न पाउनु छ
न पाउछ मृत शरिरले,आराध्यदेब पशुपतिको स्पर्श
न त ब्रम्हनालमा सुत्न पाउनु छ।।

मर्नै परे पनि,आफ्नै देशमा मर्न पाइयोस
मृत शरिरले पनि,आफ्नै माटोको स्पर्श पाओस
चाहना त अरु,अब केही छैन मनभित्र,
बस यति हो,चितामाथी रहेर,अग्निले जलाइयोस।।

आखिर के नै रैछ र जीवन भन्नू,
दुई दिनको दर्पणछाया न रैछ
बाचुन्जेलिको मायामोह रैछ जीवन
मरेपछिको बस केबल झझल्को मात्र।।

लेखक:रामचन्द्र अर्याल(बैरागी साइला)हाल कतार

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close