Headlines with imageमनोरन्जनसाहित्य जक्सन

के तिमी बुझ्छौ ? केटीको पनि मन हुन्छ

– निशा पन्थी

के तिमी बुझ्छौ ? केटीको पनि मन हुन्छ
के तिमी बुझ्छौ ? केटीको पनि मन हुन्छ
मायाले छुन्छ घ्रिणाले रुन्छ
केटीको पनि मन हुन्छ ।

तडपिन्छ तिम्रो साथको लागि
हरपल तिम्रो मायाको लागि
नजिकिदा रमाउने टाढिदा डराउने
केटीको पनि मन हुन्छ ।

तर के तिमी बुझ्छौ ? के तिमीलाई याद आउँछ ?
जब तिम्रो इक्षा पुग्छ, यो फुलको रस सुक्छ
र तिमी फर्की नआउदा यो मन चिरिएजस्तै दुख्छ
त्यो बेला के तिमीलाई याद आउँछ ?
के तिमी बुझ्छौ ? केटीको पनि मन हुन्छ ।

त्यो नजर गढेको स्तन भित्र
शरीरको एउटा सानो टुक्रा
जुन तिमीसँग रमाउन खोज्छ
सोची जुनी काट्ने एउटै मित्र
त्यो हो केटीको मन
के तिमी देख्छौ त्यो मन ?

के तिमी बुझ्छौ ? बुझ्ने इक्षा छ ?
किन हुन्थ्यो र
तिम्रो चित्त बुझाकै छ
ओछ्यान तताकै छ
उसको आँशु झर्दा बाल भो यार
चाहिएको बेला त आकै छ
यस्तो सोचमा बाच्ने तिमी
के तिमी बुझ्छौ ? केटीको पनि मन हुन्छ ।

जसको आँशुको कुनै मुल्य हुँदैन
समस्याको कुनै सुल्य हुँदैन
अरे यार केटी न हो
खेलौना बाहेक उसको तुल्य हुँदैन ।

यस्तो सोचमा बाच्ने तिमी
के तिमी बुझ्छौ ?
उसको पनि आँशु झर्ने आँखा छ
जुनी काट्ने आशा छ ।

स्तन भन्दा अलिमाथि लग त नजर
अनि हेर तिमीसँग साथ निभाउने बाचा छ
किनकी केटीको पनि मन हुन्छ ।

तर के तिमी बुझ्छौ ? के तिमीलाई बुझ्न मन छ ?
के तिमी बुझ्न सक्छौ ?
अंह सक्दैनौ

किनकी भैसक्यौ तिमी मात्र वासनाको पुजारी
बनाइ उसलाई आफ्नो मायाको भिखारी
उ सम्झाउन खोज्छे अर्थ मायाको
अनि तिमी सम्झने निहुँमा उसको नजिक जान्छौ ।

अलि नजिक, अलिन नजिक फेरि
फेरिपनि तिम्रो शरीर उ माथि सवारी
किनकी तिमी बुझ्नै खोज्दैनौ
केटीको पनि मन हुन्छ
मायाले छुन्छ घ्रिणाले रुन्छ
केटीको पनि मन हुन्छ ।



सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close