Headlines with imageबलिउड/हलिउडमनोरन्जनसंगीत

नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उपविजेता बन्न सफल

नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणको उपविजेता बन्न सफल भएका छन्।

उपाधिको दावेदारका रुपमा हेरिएको दिवेश भोटिङका आधारमा उपाधि जित्न चुकेका हुन्। दिवेश उपविजेता बने ।

दिवेश टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

कार्यक्रममा उनी आर्थर गनको नामबाट सहभागी बनेका थिए।

दिवेशको चुनौती पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् ।

काठमाडौंको रविभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

अमेरिकन आइडल बनेकी जस्ट साम को हुन् ?

उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्युयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्युयोर्कका सब-वे र ट्रेनहरूमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

उनले पहिलो अडिसनबाटै निर्णायकहरूलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो ।

सम्बन्धित खबर

Close