Headline Title onlyमनोरन्जनसंगीत

अमेरिकन आइडलमा दिवेश पोखरेल एकेए अर्थर गनको यात्रा टप ७ मा सीमित

नेपाली मूलका गायक दिवेश पोखरेल एकेए अर्थर गनको ‘अमेरिकन आइडल सिजन १९’ को यात्रा टप ७ सम्म पुगेर टुङ्गिएको छ ।

गतवर्षको १८औं सिजनमा अमेरिकन आइडलको रनरअप ( उपविजेता) बनेका दिवेश सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजापछि टप ७ बाट माथि बढ्न सकेनन्। र सोबाट आउट भए ।

उनका पछिल्ला दुई प्रस्तुतिले दर्शकलाई तान्न नसकेपछि दिवेश टप ७ बाट बाहिरिएको अनुमान लगाइएको छ ।

हुन त पोखरेल उत्कृष्ट ७ मा पर्दा नै धेरै दर्शकले उनलाई सिजन १९ मा पुनः ल्याउनु अन्याय भएको भन्दै आलोचना गरेका थिए ।

गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएकाे थियो । अघिल्लो सिजनका रनरअप भएका कारण यो सिजन अर्थरले नै जित्ने अनुमान पनि कतिले लगाइसकेका थिए । तर पोखरेलको यो एलिमिनेसनले दर्शकलाई चकित पारेको छ ।

योसँगै अब सिजन १९ को उत्कृष्ट ५ मा पर्न सफल प्रतिष्पर्धीहरूमा केलेब क्यानेडि, केसी बिशप, चेस ब्याकम, ग्रेस किन्स्टलर र विली स्पेन्स हुन् ।

सम्बन्धित खबर

Close