भिडियोमनोरन्जनसंगीत

डिमर्चा भन्दैछ ‘नेता ज्यु नमस्कार’ !

‘झ्याम्म झ्याम्म’ फेम्ड पोखरेली ब्याण्ड डिमर्चाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘नेता ज्यु नमस्कार’ बोलको गीतमा सरकारको कामको र सरकारको नेतृत्वदायी भूमिकामा बसेका नेतालाई व्यङ्ग्य प्रहार गरिएको छ ।

प्रतिक अधिकारीको रचना रहेको गीतलाई डिमर्चाले पर्फर्म गरेको हो।

हाल डिमर्चा ब्याण्डमा भोकलिस्ट भाष्करध्वज श्रेष्ठ सँगै वेस्ट गीतरमा विरेन पुन, लिड गितारमा सञ्जय नेपाल, ड्रममा प्रज्वल विक र सफल परियार रहेका छन् ।

भिडियोको सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन् ।

डिमर्चा व्याण्डले हालसम्म ६ दर्जन जति गीत बजारमा ल्याईसकेको छ । खैलाबैला भो, तारा खसौली, झ्याम्म झ्याम्म, डान्सिङ अन द रोड, यो डल्लीले, लव प¥यो प¥यो, जन्मायौ प्रभु, पानी घट्ट लगायतका गीत बढी मात्रामा रुचाइएको थियो ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close