भिडियोमनोरन्जनसंगीत

व्यापक ट्रोलको सिकार बनेपछि दुर्गेश थापाको रियाक्सन ‘आलु जस्तो गायक’

पछिल्लो समय ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन’बाट व्यापक ट्रोलको सिकार बनेका गायक दुर्गेश थापाले रियाक्सन स्वरुप नयाँ गीत ‘आलु जस्तो गायक’ रिलिज गरेका छन।

‘जनता जान्न चाहन्छन’ कार्यकममा नारायणगोपालको कुनै एउटा गीत गाउनु भनेर अनुरोध गर्दा उनले भक्तराज आचार्यको गीत गाएपछि उनि रातारात विवादमा तानिएका थिए। त्यसपछि उनि व्यापक ‘ट्रोल’को सिकार बन्न पुगेका थिए। सोही घटनालाई केन्द्रमा राखेर दुर्गेशले नयाँ गीत रिलिज गरेका हुन्।

 बिहिबार रिलिज गरिएको गीतमा दुर्गेशले आफू गायक कसरी र कुन परिस्थितिमा भएको कथा समेटेका छन्। गीतको शब्दले भन्छ, ‘होहो माले भन्ने मान्छे गायक भो बबाल, नगर सवाल..’ गीतमा बसन्त थापाले शब्द र संगीत दिएका छन्।

भिडिओमा शिव बिकको निर्दर्शन तथा कोरियोग्राफी छ। अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा तयार भएको ‘आलु जस्तो गायक’ मा दुर्गेश सहित सरिता केसीको पनि अभिनय रहेको छ। भिडिओमा नायक पल शाह र पुष्प खड्काले पनि गेस्ट एपिएरेन्समा नृत्य प्रस्तुत गरेका छन।

दुर्गेशले यसै वर्ष ‘बीच्च बीच्चमा २’, ‘बरि लै’ जस्ता ‘हिट’ गीत सार्वजनिक गरेका छन्।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close