Headline Title onlyमनोरन्जनसंगीत

राष्ट्रियता बोल्ने गीत ‘जित्छौ हामी’ सार्वजनिक (भिडिओ हेर्नुस)

कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउन संगै पछिल्लो समय नेपालभारत सिमा विवादले नेपालीलाई एकजुट बनाएको छ। एक नेपालीको समस्यालाई अर्को नेपालीले आफ्नो ठानेको छ, सकेको सहयोग गरेको छ।

सबै मिलेर कोरोनालाई जित्नुपर्छ भन्ने सोंचको बिकाश भैरहदा नेपालले कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गरेसंगै नेपाली-नेपाली बिचको एकता र देशप्रेमको भावले हरेक नेपालीको मन भरिएको छ र गर्वले छाती फुलिएको छ।

यस्तै क्रममा राष्ट्रियता बोल्ने एउटा गीत सार्वजनिक भएको छ। राष्ट्रियता भावले भरिएको “जित्छौ हामी” बोलको गीतमा गायक विनोद बानियाँको स्वर र सँगीत र सञ्चारकर्मी सञ्जोक बस्याल रहेको छ।

सकसपूर्ण समयको पार गर्दै विनाशकारी भूकम्पलाई हामीले जितेकै हौ । भारतले लगाएको नाकाबन्दीका कारण हाम्रो स्वाभिमान डगमगाएन । नेपालको जितको इतिहास लामो छ भन्दै उक्त गीत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोको छायाँकन काठमाडौ र पोखरामा गरिएको छ ।

सँगीतकार श्यामसुङ तामाङको सँगीत संयोजन रहेको गीतको म्युजिक भिडियो सञ्जोक बस्याल र विजय बस्यालले निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई सबिन गायक, बिनोद पोखरेल, कमल पर्साइ र विवेक बस्यालले खिचेका हुन् । गीतमा डिओपी मिलन शंकरको छ भने ड्रोनमा सुरज श्रेष्ठ र कमल प्रसाईले साथ दिएका छन् ।

‘जित्छौ हामी’ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,सांसद कोमल वली, कवि तीर्थ श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ, कलाकार तथा निर्देशक अनुप बराल, अभिनेत्री दिया मास्के, अभिनेता राजबल्लभ कोइराला, कवि तथा लेखक सरस्वती प्रतिक्षा, फुटबल खेलाडी अनिल गुरुङ, भलिबल खेलाडी सिपोरा गुरुङ, मोडल निराजन प्रधान, मोडल मिलन शंकर, साहिल खान, सर्च प्रसाई, विजय बस्याल, सञ्जोक बस्याल लगायत बाल कलाकारमा काव्य लक्ष्मी बानियाँ, स्यारोन श्रेष्ठ, स्वपनिल गायक, सियोना श्रेष्ठ, र स्वर्णीम पौडेलको अभिनय छ ।

सम्बन्धित खबर

Close