Headline Title onlyमनोरन्जनमनोरन्जन समाचारसंगीत

अल्मोडाको ‘कहिले भेट्ने खै ३’ सार्वजनिक : भिडियोमा खगेन्द्र र वर्षा

पछिल्लो समय नेपालमा फिल्मको जस्तै गीतको पनि सिक्वेल बन्ने क्रम बढेको छ। एउटा गीत सफल भएपछि सोही गीतको नाममा भाग १/२ भदै सिक्वेल निकाल्ने प्रचलन बढेको हो।

यसै क्रममा गायक तथा संगीतकार अल्मोडा राणा उप्रेतीको लोकप्रिय गीत ‘कैले भेट्ने खै’ को तेस्रो भाग सार्वजनिक भएको छ। गीतको पहिलो र दोस्रो भाग नेपाली दर्शक-श्रोता माझ निकैनै लोकप्रिय बनेको थियो।

गीतको भिडिओमा नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहार खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीलको अभिनय रहेको छ। रञ्जित ‍बल्लव उप्रेतीको निर्देशनमा तयार भएको भिडियोलाई चिन्तनराज भण्डारीले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन।

 

सम्बन्धित खबर

Close