Headline Title onlyभिडियोमनोरन्जनसंगीत

रामजी लामिछानेको कोरियोग्राफीमा रोहन र बिनाको डान्सिङ्ग मुभ : ‘क्या बबाल’

जक्सन न्युज, पोखरा।

नेपाली फिल्म क्षेत्रका चर्चित कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेको निर्देशनमा तयार भएको म्युजिक भिडियो ‘क्या बबाल’ रिलिज भएको छ।

गायक सुभाष ढुङ्गानाले गाएको डान्स म्युजिक जनराको गीतमा अर्का कोरियोग्राफर तथा मोडल रोहन नेपाली र टिकटक फेम्ड बिना रावतले डान्स / मोडलिङ्ग गरेका छन।

भिडियोमा टिकटकबाट चर्चा कमाएपछि थुप्रै म्युजिक भिडियोमा मोडलिङ्ग गरिसकेकी बिना रावत र कोरियोग्राफी हुँदै मोडलिङ्ग / अभिनयमा छिरेका रोहन नेपालीको अनस्क्रिन रोमान्स संगै डान्स ( नृत्य ) हेर्न सकिन्छ।

गायक ढुङ्गानाले यसअघि ‘ ब्ल्याक ब्युटी ‘, ‘धन्यवाद तिमीलाई’, ‘ मनको मान्छे ‘ जस्ता गीतहरु गाईसकेका छन।

हरि लम्सालको संगीत र देवेन्द्र नेवाको संगीत संयोजनमा तयार भएको गीतलाई भिडियोका प्रस्तुतकर्ता मणी खालिङले लेखेका हुन।

निर्देशक रामजी लामिछानेले नै कोरियोग्राफी गरेको भिडियोलाई सिनेमाटोग्राफर सौरभ लामाले खिचेका हुन।

बन्दे प्रसादले सम्पादन गरेको भिडियोलाई ‘ द डिभाईन म्युजिक ‘ युट्युव च्यानलबाट रिलिज गरिएको छ।

भिडियो हेर्नुस :

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close