Headline Title onlyभिडियोमनोरन्जनसंगीत

रिलिज भयो इनफ्लेम ब्याण्डको ‘ लिगल ग्याङ्गस्टर्स ’

पोखराको सांगितिक ब्याण्ड इनफ्लेमको ‘ लिगल ग्याङ्गस्टारस ‘ बोलको गीत रिलिज भएको छ।

पछिल्लो समय देशमा घटेका जातिय विभेदका घटना,देशमा ब्याप्त भ्रष्टाचार र अनियमितता, समाजमा देखिएका अमानविय घटना र सरकारको गैरजिम्मेवारीपूर्ण कार्यशैलीको विरोध स्वरुप यो गित निकालिएको ब्याण्डले जनाएको छ।

प्रवेशमान गायकको स्वर रहेको र्याप जनाराको गीतलाई रुबेन जलारीले एरेन्ज गरेको हुन।

विशेषगरि कोरोना माहामारी पछि भएको लकडाउनका कारण जनजीवनमा परेको असर र सरकारले जनस्वास्थ्यमा गरेको लापरवाही, युवाको शान्तिपुर्ण विरोधमा भएका प्रहरी दमन, देशमा घटिरहेका बलात्कार तथा हत्याका घटनाहरु लगायत नेपाल संगै अमेरिकामा भएको जातिय विभेदका कुराहरु समेटेर आफैले गीत लेखेको गायक प्रवेशमान गायकले बताए।

अनुप गुरुङको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोलाई जोनी पुनले निर्देशन गरेका हुन।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close