
कलाकार तथा निर्माता सन्तोष अधिकारीले निर्माण गरेको राष्ट्रिय भावनाको गीत ‘म नेपाल हो’को गीतको म्यूजिक भिडियो रिलिज भएको छ ।
आइतबार संविधान दिवसको अवसर पारेर रिलिज गरिएको भिडियोमा अधिकारी २० भन्दा बढि क्यारेक्टरमा प्रस्तुत भएका छन्।
गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्र कुमार खनाल, देव कुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्रकार लगायतको उपस्थीति रहेको थियो ।
निशान कस्यपको निर्देशनमा बनेको भिडियोमा कञ्चन भुजेल र रक्षिता अधिकारीको समेत अभिनय रहेको छ । बादल थापा मगर र सुविन सेञ्चुरीको को स्वर र संगीतमा सजिएको गीतलाई अजय अधिकारीले लेखेका हुन भने सुविन सेञ्चुरीले एरेञ्ज गरेका हुन् ।
भिडियोलाई उत्तम हुमागाईले छायांकन गरेका हुन् भने निर्देशक निशान स्वयमले सम्पादन गरेका हुन्। अमितेश कर्णको ड्रेस डिजाइन रहेको भिडियोमा सुरेन्द्र ठकुरीको मेकअप रहेको छ ।
भिडियो निर्माता अधिकारीको कन्सेप्टमा तयार भएको हो। एएसएपी इन्टरटेमेन्टको युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोको मेकिङ्गमा राम्रो मिहेनत गरेको निर्माण पक्षले जनाएको छ।
‘म नेपाल हो’ हेरिसकेपछि धेरैले अधिकारीको अभिनयको प्रशंसा समेत गरेका छन ।
फिल्म निर्माणमा सक्रिय अधिकारीले निर्माण गरेको ‘आमा’ र ‘घर’ फिल्म रिलिज भैसकेका छन भने उनको पछिल्लो फिल्म ‘तीन जन्तु’ प्रदर्शनको पर्खाईमा रहेको छ।