Headlines with imageभिडियोमनोरन्जनसंगीत

नायिका नीता ढुंगानाले गरिन गायन यात्राको ‘श्री गणेश’

नायिका नीता ढुंगानाले भजन मार्फत गायन यात्राको श्री गणेश गरेकी छिन। उनले आज गणेश चतुर्थीको दिन पारेर आफुले गाएको ‘श्री गणेश भजन’ आफ्नै युट्युब च्यानल नवनीता इन्टरटेनमेन्टमा रिलिज गर्दै गायन यात्रामा पहिलो पाईला चालेकी हुन्।

नीता फिल्मसको ब्यानरमा निर्माण भएको यो भिडियोमा नीता आफै फिचर्ड छिन। राम्रै खर्च गरेर सेट बनाएर छायांकन गरिएको भिडियो नीता आफैले निर्माण गरेकी हुन। भिडियोलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नराखेको नीताको भनाई छ ।

रामजी लामिछानेको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोलाई संजय लामाले खिचेका हुन् भने बनिश शाहले सम्पादन गरेका हुन ।

हिन्दु धर्म र यसप्रतिको भक्तिभाव आफ्नो बच्चादेखिको सौख भएको बताउने नीताले कुनैपनि कामको सुरुवात गर्नु अघि गणेश भगवानको पूजा गरिने भएकोले गायन यात्राको सुरुवात गणेश भजनबाट गरेको बताउछिन।

नीताले आफ्नै ब्यानरमा चलचित्र ‘माया’ बनाउने तयारीमा छिन् ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close