Headline Title onlyमनोरन्जनसंगीत

नेत्र गुरुङको ‘म तिम्रै हुँ माया’ रिलिज

निर्देशक तथा गायक नेत्र गुरुङको नयाँ गीत ‘म तिम्रै हुँ माया’को भिडियो रिलिज भएको छ ।

भिडियो नेत्र आफैले निर्देशन गरेका हुन् । आफ्नै स्वर र संगीतमा तयार गरेको गीतको भिडियोमा गुरुङले निपुर्ण कुँवर र निमृता घिमिरेलाई अभिनय गराएका छन् । ‘गीतको भावअनुसार मैले यो भिडियोलाई निर्माण गरेको छु । गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई आफ्नो प्रेम दर्शाएको कुरालाई देखाउन खोजिएको छ ।’ गायक तथा निर्देशक गुरुङले भने–‘भिडियो मेकिङको हिसाबले पनि यसलाई केही फरक शैली दिन खोजिएको छ ।’

सार्वजनिक गीतको भिडियोको डिओपी पनि गुरुङ आफै हुन् । भिडियोको छायाँकनमा उनलाई प्रकाश गुरुङ ‘काश’ र निर्देशक गुरुङले सघाएका हुन् ।

गीतको शब्द समेत नेत्र गुरुङ आफैले गरेका हुन् भने गीतको संगीत सँयोजन बिनोद रसाईलीले गरेका हुन् । गीतको मिक्सिङ सिजन बज्राचार्यले गरेका हुन् ।

सम्बन्धित खबर

Close