मनोरन्जनसंगीत

प्रकाश सपूतको ‘नमस्कार’ ( भिडियो )

चर्चित ‘गलबन्दी’ गायक प्रकाश सपूतको नयाँ गीत ‘नमस्कार’ रिलिज भएको छ।

बिहिबार युट्यूबमा रिलिज भएको गीतलाई यो समाचार तयार पार्दा सम्म करिब ४ लाख जनाले हेरिसकेका छन् भने यो गीत २६ नम्बर नेपाल ट्रेण्डिङ्गमा छ।

गीतको भिडियोमा सपूतले कोरोना माहामारीका कारण मानिसले भोग्नु परेको समस्या, त्यसपछीको अवस्था र कलाकारको मानसिकतालाई देखाएका छन् भने सबै मानिस बराबर हुन् भन्ने सन्देश पनि दिन खोजेका छन् ।

उनका अघिल्ला गितहरु जस्तै यो गीतलाई पनि सपूत आफैले लेखेर आफैले संगीत भरेका हुन।

देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको भिडियोमा प्रविण भट्टको सम्पादन र अनिल के मानन्धरको छायाङ्कन रहेको छ ।

सम्बन्धित खबर

Close