मनोरन्जनसंगीत

गायक शिव अर्यालको नयाँ लोकगीत “सुनाई देउ” सार्वजनिक

जक्सन न्यूज
पोखरा, १९ चैत्र ।

नव गायक शिव अर्यालको नयाँ लोकगीत ” सुनाई देउ “को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो निर्माण टिमले शुक्रबार पोखरामा एक कार्यक्रमको आयोजना गर्दै संगीत प्रशिक्षक नवराज बरालको हातबाट युट्युब मार्फत भिडियो सार्वजनिक गरेको हो।

गायक स्वयम् शिव अर्याल कै शब्द – संगीत र बीबी अनुरागीको एरेन्ज रहेको गीतको म्युजिक भिडियो गायक शिव अर्यालको आफ्नै च्यानल ‘शिवज सारंगी’ मा अपलोड गरिएको छ।

दर्शन कुँवरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा लक्ष्मण डुम्रे र बबिता मल्ल मुख्य भूमिकामा देखिएका छन्। फडिन्द्र भण्डारी ‘अर्पण’ ले खिचेर सम्पादन गरेको भिडियोमा बाल कलाकार पोभिर्थ भण्डारी, अनिता गिरी, सुमित थापा लगाएको अभिनय रहेको छ। म्युजिक भिडियो निर्माणको बेला व्यवस्थापन तिलक खत्री र कुशल गिरीले गरेका हुन।

गीतको भिडियो सार्वजनिक कार्यकममा बोल्दै गायक शिव अर्यालले गीत मार्फत एक प्रेमीजोडीको बिछोडको कथा लोक शैलीमा भन्न खोजेको बताए। ” कतिपय बिछोडहरुको कारण थाहा हुदैन, तर त्यसले झन बढी पिडा दिन्छ, त्यस्तै एउटा बिछोडको कथा हो “सुनाई देउ”। ” उनले भने ” कारण नै थाहा नपाई आफ्नो प्रेमिका संगको बिछोडमा तड्पिएको एक प्रेमीको बिलापलाई मैले शब्दमा उतारेर संगीत भरेको हुँ। ”

कार्यक्रममा संगीत प्रशिक्षक नवराज बरालले धेरैपछि मनछुने गीत सुन्न र हेर्न पाएको बताए। भड्किलो र सस्तो लोकप्रियताको पछाडी नलागी मनमा बस्ने खालको गीत रचना गरेकोमा उनले आफ्ना शिष्य शिव अर्याललाई धन्यवाद समेत दिए। उनले पछिल्लो समय कलाकारलाई सस्तो लोकप्रियताको लोभ र राजनितीक पार्टीको सदस्य बन्ने होडले बिगारेको समेत बताए।

त्यस्तै निर्देशक दर्शन कुँवरले गीतको शब्द र संगीत जो कोहीको मन छुने खालको भएकाले गीतको भाव अनुसारको कथामा भिडियो निर्माण गर्ने प्रयास गरेको बताए। भिडियोमा एउटा फरक खाले बिछोडको कथा प्रस्तुत गर्ने प्रयास आफ्नो रहेको उनले बताए।

भिडियो :

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close