Headline Title onlyमनोरन्जनसंगीत

सुनिल गायकको आवाजमा रोहन र जानकी अभिनित म्युजिक भिडियो ‘कहिले भइन’ सार्वजनिक ( भिडियो सहित )

पोखराका गायक सुनिल गायकको नयाँ म्युजिक भिडियो ‘कहिले भइन’ सार्वजनिक भएको छ । बुधबार पोखरामा एक कार्यक्रमका बिच उक्त भिडियो सार्वजनिक भएको हो ।

निर्देशक नेत्र गुरुङको छायांकन तथा निर्देशन र सबिन गायकको सह निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफर तथा मोडल रोहन नेपाली र जानकी थापाको अभिनय रहेको छ ।

गायक सुनिलकै शब्द संगीत रहेको गीतको भिडियोमा एउटा संगीतकर्मी र उनको प्रेमिकाको सम्बन्धमा पेशाका कारण उत्पन्न हुने असमझदारी र त्यसले निम्त्याउने समस्याहरुको कथालाई प्रस्तुत गरिएको छ ।

फोटो :- सचिन ठकुरी मल्ल र मिलन थापा / जक्सन डट कम

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close